Logo

अमिताभ बच्चनले बेचे आफ्नो पुख्र्यौली घर, मुल्य सुनेर पर्नु हुनेछ चकित्



 

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले दिल्लीमा रहेको आफ्नो पुर्ख्यौली घर बेचेका छन् । दिल्लीमा पिता हरिवंश राय बच्चन र आमा तेज बच्चन बसेको घर अभिताभले २३ करोड भारुमा बेचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अमिताभको दिल्लीको घरको नाम सोपान थियो । गुल्मोहर पार्कमा रहेको घर अमिताभले महंगो मूल्यमा किन बेचे भन्ने खुलेको छैन । अमिताभको यो घरलाई अभ्नी बडेरले खरिद गरेका छन् । ४१८ स्क्वायर मिटरमा फैलिएको घर अमिताभले गत वर्षको ७ डिसेम्बर मा बेचेका थिए ।

गुलमोहर पार्कको बंगला ‘सोपान’ निकै चर्चित छ । बिग बीले पनि आफ्नो आमा तेजी बच्चनको नाममा दर्ता भएको ब्लगमा धेरै पटक सोपानको उल्लेख गरेका छन् । तेजी बच्चन गुलमोहर पार्क हाउसिङ सोसाइटीका सदस्य थिए। मुम्बई आउनुअघि अमिताभ यहाँ आफ्ना आमाबुवासँग बस्थे ।

अमिताभ बच्चनको मुम्बईमा पाँचवटा बंगला छन् । अमिताभ आफ्नो सम्पूर्ण परिवारसँग जलसामा बस्छन्। हरेक आइतबार यहाँ उनलाई भेट्न फ्यानहरु आउँछन् । यो करिब १० हजार स्क्वायर फिटमा फैलिएको छ ।अमिताभ बच्चनको जलसा बंगला मुम्बईको जुहूमा अवस्थित छ । दोस्रो बंगला ‘प्रतीक्षा’ हो, जहाँ उनीहरु ‘जलसा’ मा सर्नुअघि बस्थे। उनको तेस्रो बंगला ‘जनक’ हो, जहाँ उनको कार्यालय छ । जबकि चौथो बंगला वत्स हो। जुन उनले बैंकलाई भाडामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता