Logo

हनी सिंह वि रु द्ध परेको उजुरीमा अदालतले दियो यस्तो आदेश



एजेन्सी । भारतीय र्‍यापर हनी सिहं विवादमा परेका छन् । उनलाई गीतमार्फत अ श्ली लता फैलाएको उजुरी परेको छ । महाराष्ट्रको नागपुरस्थित एक जिल्ला अदालतले उनलाई आफ्नो भ्वाइस सेम्पल दिन भनेको छ ।

अदालतले हनीलाई जनवरी २९ देखि फेब्रुअरी ४ सम्म दुबईको यात्रा गर्न अनुमति दिँदै फेब्रुअरी ४ देखि फेब्रुअरी ११ बीच प्रहरी थानामा हाजिर हुन भनेको छ । हनीको आवेदनप्रति अनुसन्धान अधिकारीले वि रोध गर्दै गायक जनवरी २५ मा प्रहरी थानामा उपस्थित हुनुपर्नेमा त्यहाँ नआएकोमा आपत्ति जनाएका थिए ।

अदालतले स्थानीय प्रहरी थानामा यो स्याम्पल बुझाउन निर्देशन दिएको हो । हनी माथि गीतका माध्यमबाट अ श्ली लता फैलाएको आरोप लागेको छ ।

जिल्ला र अतिरिक्त सत्र न्यायाधीश एस ए एस एम अलीले जनवरी २७ मा हनीलाई फेब्रुअरी ४ देखि फेब्रुअरी ११ सम्म नागपुरको पंचपौली प्रहरी थानामा हाजिर हुन आदेश दिएका थिए । अदालतले हनीद्वारा दर्ता गराएको एक निवेदनमा सुनुवाई गर्दै यो आदेश दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता