Logo

क्यामेरावाट लुकाउँदै यि युवतीको हात समातेर हिँडेको देखिए ऋतिक रोशन, को हुन् यि युवती  ?



 

एजेन्सी । बलिउडका ह्यान्डसम हङ्क अभिनेता ऋतिक रोशन आफ्नो उत्कृष्ट लुक्सका लागि मात्रै नभई आफ्नो दमदार एक्शन र डान्सका कारण पनि मानिसमाझ चर्चित छन् । लामो समयदेखि फिल्मी दुनियाँबाट टाढा रहेका अभिनेता ऋतिक रोशन पछिल्लो समय सामाजिक सञ्जालमा हावी भएका छन् । वास्तवमा, अभिनेता मुम्बईको एक लोकप्रिय जापानी रेस्टुरेन्टमा क्याजुअल डिनरको समयमा देखिएका थिए। तर, यस समयमा अभिनेता बाहेक एउटा कुराले सबैको ध्यान तान्यो ।

यस क्रममा ऋतिक रोशनसँग एक मिस्ट्री गर्ल पनि देखिएकी थिइन् । पापाराजीले क्यामेरामा कै द गरेका अभिनेताले यो मिस्ट्री गर्लको हात समातेको देखियो । यस क्रममा, अभिनेताले यो रहस्यमय तरिकाले युवतीको हात मात्र समातेका मात्र थिएनन्, उनलाई लगेर आफ्नो लग्जरी कारमा बसाएको पनि देखियो। यति मात्र होइन, यो बीचमा उनी यस मिस्ट्री गर्ललाई पापाराजीबाट बचाउने पनि देखिएका छन् ।

सामाजिक सञ्जालमा अभिनेताका पापाराजीले खिचेका यी भिडियो र तस्विरहरु भाइरल भइरहेका छन् । यससँगै सामाजिक सञ्जाल प्रयोगकर्ताको मनमा प्रश्न पनि उठिरहेको छ कि यी युवती को हुन् रु तर, अभिनेतासँग उपस्थित यी मिस्ट्री गर्लको पनि अनुहारमा मास्क थियो, जसका कारण यो युवती को हो भनेर कसैले थाहा पाउन सकेनन् ।

अभिनेताका यी तस्बिरहरू देखेर केही प्रयोगकर्ताहरूले यो युवतीलाई डेट गरिरहेको हुनसक्ने अनुमानसमेत लगाउन थालेका छन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियोमा ऋतिक फेरि डेटिङ गरिरहेको टिप्पणी गरेका छन् । जबकि अर्को प्रयोगकर्ताले लेखे, यो को हो रु अर्का प्रयोगकर्ताले सोधे ऋतिक सरसँग यी युवती को हुन् रु

उल्लेखनीय छ, बलिउड अभिनेता ऋतिक रोशनले आफ्नी श्रीमती सुजैन खानसँग डिभोर्स गरेका छन् । दुवैले सन् २००० मा एकअर्कासँग विवाह गरेका थिए, त्यसपछि सन् २००६ मा रिहान र हृदानका आमाबुवा बनेका थिए । तर, उनीहरुको परिवार अगाडि बढ्न सकेन । दुवैले ३१ अक्टोबर २०१४ मा डिभार्स गरेका थिए । तर डिभोर्स पछि पनि यी दुईबीच निकै राम्रो मित्रता छ । उनी प्रायः आफ्ना बालबालिकासँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्छिन् ।

वर्कफ्रन्टमा, अभिनेता ऋतिक रोशन चाँडै आफ्नो अर्को फिल्म विक्रम वेधामा देखिनेछन्। उनको ४८ औं जन्मदिनको अवसर पारेर फिल्मको घोषणा गरिएको हो । फिल्ममा ऋतिक वेधा र सैफ विक्रमको भूमिकामा देखिनेछन् । यसबाहेक चलचित्रमा अभिनेत्री राधिका आप्टे पनि मुख्य भूमिकामा देखिनेछिन् । ३० सेप्टेम्बर २०२२ मा रिलिज भएको, यो फिल्म क्ष्माधवन र विजय सेतुपतिको तमिल फिल्म विक्रम वेधाको हिन्दी रिमेक हो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता