Logo

बलिउडमा भएका यी घट्ना जस्ले छोराछोरीका कारण निकै दुखि भए



 

काठमाडौं । अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई लिएर दक्षिण अफ्रिका र भारतका विभिन्न स्थानमा पति विराटको खेल हेर्न पुगेकी थिइन् । सोही बखत वामिकाको तस्बिर क्यामेरामा कैद गरिएको थियो ।

हालसम्म अनुष्का र विराटले पापाराजीसँग आफ्नो सन्तानको तस्बिर नखिच्न अनुरोध गर्दै आएका थिए । जब अचानक सोसल मिडियामा आफ्नी पुत्रीको तस्बिर भाइरल भयो, तब त्यो जोडीले एक पोस्ट लेख्दै आफ्नो असहमति प्रकट गरे ।

अनुष्कामात्र होइन बलिउडका अन्य कतिपय सेलिब्रिटी आफ्ना सन्तानलाई मिडियाबाट टाढै राख्न रुचाउँछन् । नेहा धुपिया र अंगद बेदीका एक छोरी मेहर र एक छोरा गुरिक छन् । तिनका फ्यानहरू उनीहरूका बच्चाको तस्बिर हेर्न नपाएर छट्पटिइरहेका छन् । तर त्यो जोडी चाहन्छ कि, आफ्नो प्राइभेसी कायम रहोस् । अचानक मेहरको तस्बिर सार्वजनिक भइदियो, छोराको भने अहिलेसम्म कसैले फोटो खिच्न भ्याएको छैन । गत वर्षमात्र नेहाले पुत्र जन्माएकी थिइन् ।

अभिनेत्री दिया मिर्जाले गत वर्ष पुत्र अवयानलाई जन्म दिइन् । उनले सोसल मिडियामा छोराको थुप्रै तस्बिर राखेकी छन्, तर कुनैमा पनि अनुहार देखाइएको छैन । उनी पनि आफ्नो छोरोको अनुहार मिडियासामु देखाउन चाहन्नन् ।

काजोल र अजय देवगन प्रख्यात बलिउड कलाकार हुन् । उनीहरू सिनेमाको काममा व्यस्त रहन्छन्, दुवैलाई कुनै पनि खाले पार्टीमा जाने शौख छैन । यो जोडीले पनि आफ्ना दुवै सन्तानलाई लाइमलाइटबाट बचाएर राखेका छन् । केही समयअघि पीटीआईसँग कुरा गर्दै काजोलले आफू र पति अजयले सन्तानलाई मिडियाबाट टाढै राख्ने निर्णय गरेको बताएकी थिइन् ।

किङ खानको नामले चर्चित शाहरूख खानका कान्छो छोरा अबरामलाई क्यामेरा नजिक पर्न बिलकुलै मन लाग्दैन । एक दिन विमानस्थलमा कसैले क्यामेरा आफूतिर तेर्साएको थाहा पाएपछि उनले अनुहार लुकाएका थिए । तर, शाहरूखकी छोरी सुहाना भने क्यामेरा फ्रेन्ड्ली छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता