Logo

मनोज गजुरेललाई दोस्रो पटक कोभिड पुष्टि, कस्तो छ उनको अवस्था  ?



काठमाडौ । हास्य कलाकार मनोज गजुरेललाई दोस्रो पटक कोभिड पुष्टि भएको छ । उनी पहिलो पटक संक्रमित हुँदा लामो समय अस्पतालमा बसेका थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अहिले फेरी दोस्रो पटक कोभिड भएको उनले बताएका छन् ।

यसअघि दोस्रो लहरमा पनि उनी संक्रमित भएका थिए। पहिलो पटक संक्रमण हुँदा उनको स्वास्थ्यवस्था जटिल बनेको थियो। त्यसैले उनले पुन आफु संक्रमित भएको जानकारी दिएपछि उनको स्वास्थ्य अवस्थाका बारेमा चासो बढेको छ ।

आफूलाई कोभिड संक्रमण भएको जानकारी गराउँदै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिं होइन, तर थला चाहिं राम्रै पार्दो रहेछ। ढुक्कसँग उपचार गरौं, केही नहुञ्जेल केही पनि हुँदैन।’ उनको यो स्टाटसले उनको स्वास्थ्य अवस्था अब सामान्य भएको बुझ्न सकिन्छ । उनी घरमै आइसोलेसनमा बसेको बुझिन्छ ।

यो पनि, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोभिड संक्रमण भएको छ। अस्पतालका ६० भन्दा बढी कर्मचारीमा कोभिड देखिएसँगै अस्पतालले सोमबारदेखि सात दिनसम्मका लागि खोप कार्यक्रम स्थगित गरेको छ।

कर्मचारीमा कोभिड संक्रमण देखिएपछि सोमबारदेखि सात दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। एकै पटक ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ।

स्वास्थ्यकर्मी संक्रमित भए पनि अस्पतालले अन्य कुनै सेवा नरोकेको गौतमले जानकारी दिए । थप स्वास्थ्यकर्मी संक्रमित नहोउन् र सेवा नै स्थगित गर्नुपर्ने अवस्था नआओस् भनेर खोप कार्यक्रम केही दिनका लागि मात्रै स्थगित गरिएको उनले बताए। हाल स्पतालमा तीन सय कर्मचारी कार्यरत छन्। अस्पतालमा १८ कोभिड संक्रमित रहेकोमा ११ जना अस्पतालको आइसीयूमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता