Logo

चलचित्रमा फेरी फर्कने तयारीमा लागेकी प्रियंका गर्दैछिन् यस्तो मेहनत, कसरी घटाइन् यति धेरै तौल  ?



 

काठमाडौ । नायिका प्रियंका कार्की करिब दुई वर्ष देखि कुनै चलचित्रमा छैनन् । उनी अहिले निजी जिवनमै ब्यस्त छन् । छोरीलाई जन्म दिएपछि उनी छोरीकै स्याहार सुसारमा ब्यस्त छन् । स्वास्थ्यलाई निकै ध्यान दिने प्रियंकाको अहिले तौल पनि बढेको छ । शरिरलाई सन्तुलनमा राख्ने प्रियंकाले सुत्केरी अवस्थामा भने खाना नियन्त्रण नगरेका कारण तौल बढाएकी हुन् ।

केही वर्षअघिसम्म नम्बर एक नायिका भनिने अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा भने निकै सकृय छन् । उनको फिल्मी क्षेत्रमा सकृय रहँदा पनि उत्तिकै चर्चा हुन्थ्यो । आफ्ना ब्यक्तिगत जिवनका अनुभव निर्धक्क सार्वजनिक गर्ने प्रियंका कहिले विवादित त कहिले चर्चामा आउँछिन् । गसिप बजारमा विभिन्न कृयाकलाप कारण चर्चामा रहिरहने प्रियंका आमा बनेपछि भने केही सेलाएकी छन् । यद्धपी उनको सामाजिक सञ्जालमा सकृयता भने घटेको छैन ।

छोरीलाई जन्म दिनुअघिसम्म पनि मिडियामा लाइमलाइटमा नै रहेकी प्रियंकाको हिजोआज सन्तानको हेरचाहमा नै दिन बितिरहेको छ । प्रियंका अब भने कला क्षेत्रमा फर्किने तयारीमा लागेकी छन् । त्यसका लागि उनले निकै मेहनत गरेकी छन् । आफ्नो बढ्दै गरेको तौल ब्यवस्थापन गर्नु र पहिलाकै जस्तो चर्चा पाउने काम गर्नु उनका लागि चुनौती हो । उनी दुई वर्ष निस्किृय रहँदा अन्य कलाकारहरुले त्यो ठाउँ ओगटेका छन् । अब पहिलाकै जस्तो आफ्नो ओज फिर्ता गर्न प्रियंकालाई चुनौती भने उत्तिकै छ ।

हुन त, उनीपछि चलचित्र क्षेत्रमा नयाँ पुस्ताका अभिनेत्रीहरुको वर्चस्व रहेकाले प्रियंकाले आफ्नो पुरानै स्टारडम फर्काउन सफल हुन्छिन् वा हुँदिनन् भन्ने कुरा भोलि थाहा होला नै । चलचित्रमा फर्किने तयारी स्वरुप प्रियंका अहिले आफ्नो तौल घटाइरहेकी छन् । यस बीचमा आफूले साढे पाँच केजी तौल घटाइसकेको उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा उल्लेख गरेकी छन् ।

कुनै समय प्रियंका आफूलाई फिट राख्न खानेकुरा निक्कै कम खान्थिन् । कैयौं पटक उनी चलचित्रको सेटमा बे हो स समेत भएकी थिइन् । छोरीलाई जन्म दिएपछि मोटाएकी प्रियंका अब पुरानै अवस्थामा फर्किने दौडमा लागेकी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता