Logo

गायिका लता मंगेशकर अस्पतालको आइसियुमा भर्ना, यस्तो छ स्वास्थ्य अवस्था



 

काठमाडौ । भारतीय विख्यात गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छन् । उनलाई कोभिड पुष्टि भएको छ । स्वास्थ्यमा समस्या उत्पन्न भएपछि लतालाई अस्पताल भर्ना गरिएको हो । भारतीय मिडियाले मंगेशकरलाई सामान्य लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको एएनआईले जनाएको छ ।

मंगेशकरलाई आईसीयूमा राखिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । मंगेशकर यसअघि सन् २०१९ को सेप्टेम्बरमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । लता मंगेशकरकी भतिजी सृष्टिले उनलाई अस्पतालमा भर्ना गरेको तथ्यलाई पुष्टि गरेकी छिन् । चर्चित गायकलाई आईसीयूमा भर्ना गरिएको छ । लता मंगेशकरमा कोरोनाको कम लक्षण देखिएको फ्यानका लागि राहतको कुरा हो । लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

लता मंगेशकरलाई कोरोना भएको जानकारी आएपछि बलिउड करिडोरमा हलचल मच्चिएको छ । सेलिब्रेटीहरू सहित फ्यानहरूले आवाज नाइटिंगेल लता मंगेशकरको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

कोभिड भाइरसले सबैभन्दा बढी भारतको महाराष्ट्र र मुम्बईमा असर पारेको छ । सोमबार महाराष्ट्रमा ३३ हजार ४७० नयाँ संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ । जसमध्ये १३ हजार ६४८ केस मुम्बईमा मात्र भेटिएका थिए। त्यहाँ कोभिडबाट ५ जनाको मृत्यु भएको छ । बलिउड र टिभी जगतका धेरै सेलिब्रेटीहरु कोरोनाको च पे टा मा परेका छन् । धेरै निको भएका छन् र धेरै अझै पनि भाइरस विरुद्ध ल डि रहेका छन्।

लता मंगेशकरलाई धेरै पुरस्कारले सम्मानित गरिएको छ
२८ सेप्टेम्बर १९२९ मा जन्मिएकी लता मंगेशकर देश तथा विदेशमा लोकप्रिय छिन् । लता मंगेशकरले संगीत जगत र भारतीय फिल्म उद्योगमा महत्त्वपूर्ण योगदान दिएकी छन्। लता मंगेशकरलाई उनको योगदानको कारण धेरै सम्मानजनक पुरस्कारले सम्मानित गरिएको छ। लता मंगेशकरलाई भारत रत्न, दादासाहेब फाल्के अवार्ड र धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित गरिएको छ। उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि समावेश छ ।

९२ वर्षीया मंगेशकरलाई आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी छन् । उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता