Logo

‘मोदीलाई सुरक्षा दिन नसक्ने सरकार’ भन्दै कंगनाले गरिन् आलोचना



 

एजेन्सी । बलिउड नायीका कंगना रनावत प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थक हुन् । उनका भनाई मोदीका पक्षमा हुन्छन् । सरकार विरोधीहरुको कडा आलोचक रनावत पनि यो पटक भने मोदी देखि असन्तुष्ट छन् । उनले पहिलो पटक उनले सरकारको आलोचना गरेकी छन् । उनले प्रधानमन्त्री मोदीलाई नै सुरक्षा दिन नसकेको भन्दै आलोचना गरेकी छन् ।

पञ्जाबमा प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा लापरबाहीको विषयलाई लिएर राजनीति चर्किएको छ । यो घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । धेरैले घटनाको निन्दा गरेका छन् । यसैबीच, बलिउड सेलिब्रेटीहरू पनि सुरक्षा उल्लङ्घनलाई लिएर आश्चर्यचकित छन् र यसबारे आफ्नो राय दिइरहेका छन्।

केही समयअघि पञ्जाबमा प्रदर्शनकारीले घेरिएकी कंगना रनौतले घटनालाई ल ज्जा स्पद र लोकतन्त्रमाथिको आ क्र म ण भनेकी छिन् । अभिनेत्रीले एक इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्,‘पञ्जाबमा के भयो ला ज म र्दो छ । सम्माननीय प्रधानमन्त्रीज्यू प्रजातान्त्रिक रूपमा निर्वाचित नेता, प्रतिनिधि र १४० करोड जनताको आवाज हुनुहुन्छ। उनीहरुमाथि आ क्र म ण गर्नु भनेको देशका हरेक नागरिकमाथि आ क्र म ण गर्नु हो ।

यो हाम्रो लोकतन्त्रमाथिको प्र हा र पनि हो । पञ्जाब आ तं क वादी गतिविधिको केन्द्र बनिरहेको छ। अहिले नै रोकिएन भने देशले ठूलो नोक्सानी बेहोर्नु पर्ने हुनसक्छ ।’ यससँगै कंगनाले ह्यासट्याग लेखेकी छिन्, ‘भारत स्ट्यान्ड विद मोदीजी’

यस घटनाप्रति चिन्ता व्यक्त गर्दै अनुपम खेरले लेखेका छन् – भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सुरक्षालाई लिएर आज जुन नाटक भएको छ, त्यो पञ्जाब प्रहरी र सरकारका लागि खेदजनक र ला ज म र्दो थियो । यस विषयमा देशका प्रधानमन्त्रीप्रति केही व्यक्तिको घृ णा उनीहरुको कायरताको संकेत हो । तर याद गर्नुहोस्, ‘जाको राखे सायं, मा र खाए ना कोई’

प्रधानमन्त्री नरेन्द्र मोदी ४२,७५० करोड रुपैयाँका विभिन्न परियोजनाको शिलान्यास गर्न पञ्जाबको फिरोजपुर पुगेका थिए । प्रधानमन्त्री बुधबार बिहान पञ्जाबको भटिंडा विमानस्थलमा अवतरण भएको गृह मन्त्रालयले जनाएको छ । यहाँबाट उनी हेलिकप्टरबाट हुसेनवालाको राष्ट्रिय शहीद स्मारक आउनुपरेको थियो । तर वर्षाका कारण मौसम सुधार हुन २० मिनेट कुर्नुपरेको थियो ।

मौसममा सुधार नभएपछि प्रधानमन्त्रीलाई सडकबाट लैजाने निर्णय भएको हो । जसमा दुई घण्टा लाग्छ । पञ्जाब प्रहरीका डीजीपीले आवश्यक सुरक्षा व्यवस्था मिलाएको पुष्टि गरेपछि प्रधानमन्त्री मोदीलाई सडकबाट स्मारकमा लगिएको थियो। तर, प्रधानमन्त्रीको काफिलाई स्मारकबाट ३० किलोमिटर टाढाको फ्लाईओभरमा पुगेपछि मात्रै केही आन्दोलनकारीले बाटो अवरुद्ध गरेको थाहा भयो । यस्तो अवस्थामा प्रधानमन्त्रीको काफि १५–२० मिनेट त्यहीँ अ ड् कि एको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता