Logo

यिनै हुन् गायक राजेशपायल राई माथी ह’मला गर्ने व्यक्ती, घटनापछी राजेश पायल राईले यस्तो भनेका थिए



 

काठमाडौ । नेपालका चर्चित गायक राजेशपायल राईलाई हम ला गुर्ने व्यक्तिको पहिचान खुलेको छ । अघिल्लो दिन अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित विशेष सांगीतिक कार्यक्रममा राईमाथि पछाडीबाट अंगाल्दै भुईमा लडाउन खोजेको भिडियो सार्वजनिक भएको थियो । उनी दावा शेर्पा रहेको रहस्य खुलेको हो ।

अमेरिका निवासी विजय चाम्लीङ नाम गरेका एक नेपालीले आफ्नो फेसबुकमार्फत फोटो सार्वजनिक गर्दै उनको पहिचान खुलाइदिएका हुन् । उनको पोस्टमा उल्लेख भए अनुसार राजेशपायललाई अंगाल्न स्टेजसम्म पुग्ने व्यक्ति शेर्पा हुन् । कलाकारप्रति मन पर्नु या नपर्नु बिचार आफ्नो निजी अधिकार भएपनि त्यसरी अप्ठेरो नै पर्ने गरी हम ला गर्नु गलत भएको उनले पोस्टमा बताएका छन् । त्यस्तै घटना भइरहेको सम्बेदनशील समय भिडियो मात्र बनाएर टुलुटुलु हेरेर मात्र बस्ने दर्शकहरुप्रति पनि उनले गुनासो पोखेका छन् ।

भएको के थियो ?
‘राई इज किङ’ लेखिएको ब्यानरअगाडि राजेशपायले सदाझैं बिन्दास मुद्रामा आफ्नो प्रस्तुति दिइरहेका थिए । ‘अञ्जानैमा भुल भयो कि‘’ गाउँदै गर्दा दर्शकको पंतिबाट एकजना युवा सरासर स्टेजमा उक्लिए । उनी यति सहज देखिएका थिए कि कसैले अनर्थ सोच्दै सोचेनन् ।

ती युवाले सुरूमा पछाडिबाट राजेशपायललाई बलपूर्वक अंकमाल गरे । गाउन अवरोध भएपछि राजेश सहज हुने कोशिस गरे । त्यसपछि ती युवकले थप उनलाई अ ठ्या उन खोजे । यो सबै दृष्य भिडियोमा देखिन्छ । दर्शक र आयोजक व्यक्तिहरू सुरूमा केहीबेर अल्मलिए । कुनै फ्यानले राजेशलाई ‘हग’ गर्न खोजेको सोचेर सबै भिडिओ खिच्नमै व्यस्त भए । तर, अति नै गरेपछि हलचल भयो । त्यसपछिको दृष्य स्पष्टरूपमा भिडिओमा देखिदैन । सहभागीका अनुसार ती व्यक्तिले राजेशपायलमाथि हात पात गरेका भने होइनन् । धेरै माया देखाउदा यस्तो भएको हो । दर्शक र आयोजकका व्यक्तिले उनलाई छुटाएर बाहिर निकालेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता