Logo

भिटेन पछि अर्का चर्चित र्यापर लाउरे पक्राउ, यस्तो छ कारण



 

काठमाडौ । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई प्रहरीले पक्राउ गरेको छ । ला’गूऔ’षध कारोबारको आरोपमा प्रहरीले बुधबार पोखराबाट उनलाई पक्राउ गरेको हो ।

ब्रा’उ’न सु’ग’र ख’रिदबिक्री ग’र्न ला’गे’को अवस्थामा लाउरेसहित चार जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनलाई अदालतबाट म्याद लिएर मु द्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाउने उनले बताए ।

लाउरे युवा पुस्तामाझ लोकप्रिय छन् । ‘प्रहरी खटिएको थियो । सेवनको प्रयोजनका लागि कारोबार हुँदैछ भन्ने थाहा पायौं,’ उनले भने, ‘त्यही सूचनाका आधारमा पक्राउ गरिएको हो । अनुसन्धान भइरहेको छ, प्रारम्भिक रूपमा उनी दोषी देखिए ।’

लाउरेलाई अहिले कास्की प्रहरीको हिरासतमा राखिएको छ । बिहीबार अदालत बन्द भएकोले मु द्दा अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ । शुक्रबार ला’गु औ’ष’ध मु द्दामा म्याद थपेर अनुसन्धान थाल्ने कास्की प्रहरीले जनाएको छ । प्रहरीको वर्दीमा उत्तेजक गीत प्रस्तुत गरेको आरोपमा यस अघि अर्का चर्चित र्यापर भिटेन पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता