Logo

मनोज गजुरेल पहिलो पटक छोरासंगै देखिए, बुवा भन्दा थप रमाइला रहेछन् छोरा (भिडियो हेर्नुस्)



 

काठमाडौ । हाँस्य अभिनेता मनोज गजुरेल निकै चर्चामा छन् । उनी आफ्नो कलाका कारणले त संधै चर्चामा रहन्छन् तर अहिले उनी आफ्नो ब्यक्तिगत जिवनका कारण पनि चर्चामा रहन्छन् । पहिलो श्रीमतीसंग डिभोर्स गरेपछि हालै उनले दोस्रो विवाह गरेका छन् । पहिलाको श्रीमतीसंग खासै बाहिर नदेखिने मनोज गजुरेलका नयाँ तस्बिरहरु अहिले सामाजिक सञ्जालमा पनि भाइरल छन् ।

गजुरेल पहिलो पटक आफ्ना छोराका साथमा पनि सार्वजनिक भएका छन् । उनका छोरा पनि बुवा मनोज जस्तै निकै हँसाउने स्वभावका देखिन्छन् । उनले आफु अहिले संगीत क्षेत्रमा लाग्न मेहनत गरिरहेको बताएका छन् । उनले गितार र सारंगी सिकिरहेको बताएका छन् । थ्रि डि म्युजियम घुम्न गएका बाबु छोराले निकै रमाइलो गरेको देख्न सकिन्छ । यो म्युजिअम ललितपुरमा छ ।

त्यहाँ रहेका प्रिन्टहरुका बारेमा मनोज र उनका छोराले जिज्ञासा राखेका छन् । त्यहाँको कला देखेर निकै मख्ख परेका बुवा छोराले केही रमाइलो कुरा पनि गरेका छन् । मनोजले नर्भस घटाउन छोरासंग घुम्न निस्केको बताए । उनले यो थ्रि डीको कन्सेप्ट ल्याउने आफ्नो छिमेकी रहेको पनि बताए । पहिलो पटक सुन्दा नै आफुलाई निकै रमाइलो लागेको बताएका मनोजले घुम्न पाउँदा थप उत्साहित भएको बताए । अब यहाँ बनाएको भिडियो हेर्न उत्सुक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता