भेटिईन्( अर्की चियावाली। २३ बर्षकी हिरोईन जस्तै राम्री, व्याचलर पढ्दैछिन्, चिया बेचेर महिनाकै २ लाख कमाउँछिन (भिडियो हेर्नुस्)
उदयपुरकी २३ बर्षकी सरिता केसी काठमाडौंको असनमा बिहान र बेलुका चिया बेच्छिन्, दिउँसो कलेज पढ्छिन् । उनको कुनै पसल छैन, थर्मसमा दुध र कालो चिया हालेर उनी कोठाबाट बेच्न निस्किन्छिन् । उनले यसरी चिया बेच्न थालेको १ बर्ष भयो । त्रिचन्द्र कलेमा पोलिटिकल साईन्समा व्याचलर गरिरहेकी सरिता चिया बेचेरै महिनाको साढे २ लाख हाराहारी कमाउँछिन् र १ लाख जोगाउँछिन् ।
आफ्नो भाई पढाउन र आफु पढ्न उनी राजधानीमा मेहेनत गरिरहेकी छिन् । काम सानो ठुलो हुदैन, मेहेनत गर्न लजाउन हुँदैन भन्ने बिचार बोकेकी सरिता धेरै युवाहरुका लागि प्रेरणा बनेकी छिन् । असन र त्यस वरीपरी उनलाई धेरैले ‘सुन्दरी चियावाली’ भनेर चिन्दछन् । चिया पिउनेहरुले उनको रुपमा धेरै प्रशँसा गर्दछन् । बृद्धबृद्धाले त उनलाई आफ्नो घरको बुहारी बन न भन्ने प्रस्ताव पनि राख्ने गरेको बताईन् ।
४ बर्ष अगाडि काठमाडौं आएकी सरिता केहि बर्ष परिवारकै खर्चमा पढिन् । बिस्तारै उनको परिवारलाई उनी र उनको भाईलाई पढाउन गाहे हुदै गएको सरिताले देखिन् । कृषक बाबु आमाको टाउकोबाट भाई र आफ्नो पढाईको बोझ हटाउन उनी चिया बेच्न थालिन् । त्यसअघि उनले असन घुम्दै जाँदा अरु चिया बेच्नेहरुलाई देखेकी थिइन् । बिदेश जानलाई बिदेशी भाषा कक्षा पनि लिईरहेकी सरिताले भाषा कक्षा छोडिन् र चिया बेच्न थालिन् । उनको चियालाई धेरैले मिठो मानेर खान्छन्