Logo

डाक्टरकी श्रीमतिले सिकेको तन्त्र विद्याले उनका प्रेमीमाथि भयो यस्तो घटना



एक महिलाले सिकेको तन्त्र विद्याकै कारण उनी यस सन्सारबाटै विदा हुनुपरेको छ । यो घटना भारतको हो । पटनाको एसके पुरी प्रहरी चौकीमा महिला हराएको निवेदन परेको थियो । नौबतपुर प्रहरीले एसके पुरी थानाका प्रहरीसँग कुरा गरी प्रतिवेदन लेख्ने व्यक्तिको बारेमा जानकारी लिएको थियो । यो कुनै साधारण व्यक्ति नभई सहरका चर्चित दन्त चिकित्सक डा विश्वजीत थिए । जसले मंसिर २३ गते साँझ आफ्नी श्रीमती रिमझिम चतुर्वेदी ब्युटी पार्लरबाट हराइरहेको प्रहरीलाई बताएका थिए ।

जब महिलाको शव भेटियो, तब घटनाले नयाँ मोड लियो । उनलाई यो सन्सारबाटै विदा उनका प्रेमी रोहितले गरेका थिए । त्यसका लागि केही मानिसहरुको प्रयोग भएको थियो । ती मान्छेलाई रोहितले ४ लाख दिएका थिए । त्यो चार लाख पनि उनले रिमझिमसँगै लिएका थिए । रोहितले रिम्झिमलाई झण्डै चार वर्षदेखि चिनेका थिए । निजी कम्पनीमा काम गर्ने रोहितको रिमझिमसँग उनको एक मिल्ने साथीले परिचय गराएको थियो । रिमझिम तान्त्रिक अभ्यास गर्थिन । रोहितले उनलाई आफ्नो समस्या बताउन थाले । रिमझिमले रोहितलाई तन्त्र मन्त्रसँग सम्बन्धित केही उपाय पनि बताइन् र यसले उनलाई सुरुमा फाइदा पनि गरेको थियो । तर अब रोहित रिमझिमवाट टाढा हुन चाहन्थे । तर रिमझिम उनीवाट टाढा भइनन् ।

भर्खरै रोहितको परिवारमा एक जना सदस्यको मृत्यु भएको र त्यसपछि रिम्झिमले आफूबाट टाढिन खोजेको परिणाम हो भनेर डर देखाइन् । तर रोहितले रिमझिमवाट छुटकारा पाउनको लागि बुझ्न सक्ने एक मात्र तरिका उसलाई मा र्नु थियो । रोहितले योजना बनाएका थिए । उनले सबै कुरा पहिले आफ्नो एक साथी कमललाई भने । उनीहरूले मिलेर घटना गराए र त्यसका लागि ४ लाखको सम्झौता गरे । उनले ती रुपैयाँ ब्याजमा उनै महिलावाट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता