तक्मे बुढाले छोरी पाएपछि यसरी बाँढे खुशी, यस्तो राखे नाम
हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘तक्मे बुढा’को भूमिका निर्वाह गर्ने विल्सन विक्रम राई र उनकी श्रीमति सरिना लामालाई पुत्री लाभ भएको छ । यसको खुशी तक्मे बुढाले फेसबुकमा पोखेका छन् । उनी फेसबुकमा लेख्छन्, ‘आज हाम्रो परिवार को नयाँ सदस्य को शुभ आगमन भो । मलाई छोरीको बाबु र मेरो जिवनसाथी लाई छोरीको आमा बन्ने सौभाग्य प्राप्त भो औधी भाग्यमानी ठानेको छु । मेरो छोरी ९सभ्यता बि राई० स्वागत शुभ आशिर्वाद ।’
हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘तक्मे बुढा’को भूमिका निर्वाह गर्ने विल्सन विक्रम राई वैवाहिक जीवनमा बाधिएका छन् । उनले झापाकी सरिना लामासँग २०७५ सालको फाल्गुनको अन्त्यमा मागी बिबाह गरेका हुन् ।
त्यो समयमा विल्सनको बिहेको तस्वीर फाट्टफुट्ट सार्वजनिक भएतापनि प्रायले सु टि ङको फोटो सम्झेका थिए । दुलहीको पक्षले विभिन्न कारण तस्वीर सार्वजनिक गर्न नचाहेको कारण लुकाएको जस्तो भएको विल्सनले जनाएका छन् । सरिना विल्सनको स्कुलदेखिकी प्रेमिका हुन् ।
फाल्गुनमा इन्गेजमेन्ट गरेर बिहे भने भव्य गर्ने योजनामा रहेका विल्सनले सरिनाको ‘लामा परम्परा’ अनुसार तत्काल बिहे गर्नुपर्ने भएकाले सानो बिहे गरेको जनाएका छन् । सरिना ‘भुटानी शरणार्थी’ बारे युएनको प्रोजेक्ट बन्द भएपछि विल्सनको घर सम्हालेर बसेकी छिन् ।
विल्सन र सरिना हनिमुनका लागि अष्ट्रेलिया पुगेका थिए । सरिनाको मिडियासँग लजाउने बानीको कारण उनी मिडियामा आएकी छैनन् । बिहेपछि जीन्दगी बदलिएको विल्सनले जनाएका थिए ।