Logo

विहेकै दिन कट्रिना र विक्कीलाई पर्यो ठूलो आपत, विवाह रोक्न माग गर्दै पर्यो उजुरी



एजेन्सी । विक्की कौशल र कैटरिना कैफको आजदेखि तीन दिनसम्म चल्ने विवाहको विषयलाई लिएर राजस्थानका एक वकिलले उजुरी दर्ता गराएका छन्।
राजस्थानको सवाई माधोपुरस्थित एक शाही होटलमा विवाह समारोह ७ देखि ९ डिसेम्बरसम्म चल्ने कार्यक्रम छ।

यसैबीच एक स्थानीय वकिलले उनीहरूको विवाहको विषयलाई लिएर उजुरी दर्ता गराएका छन्। समाचार एजेन्सी आईएएनएसका अनुसार जिल्ला विधिक सेवा प्राधिकरणमा दर्ता भएको उजुरीमा विवाहको कारण एक मन्दिरको बाटो अवरूद्ध हुने भन्दै त्यसलाई रोक्न माग गरिएको छ।

यसअघि स्थानीय प्रशासनले विवाहको समयमा सोमबारदेखि आइतबारसम्म चौथ माता मन्दिरको बाटो बन्द गराएको छ। सडक अवरूद्ध भएकाले हजारौं श्रद्धालु समस्यामा परेको भन्दै स्थानीय वकिल नेत्रविन्द सिंहले सिक्स सेसेन्ज फोर्डका प्रवन्धक, कैटरिना कैफ, विक्की कौशल र जिल्ला कलेक्टरविरूद्ध उजुरी दर्ता गराएका हुन्।

समाचार एजेन्सी एएनआईका अनुसार विवाहमा १२० विशिष्ठ अतिथि आउनेछन्। कबिर खान, निर्माता अमृतपाल सिंह बृन्दा, निर्देशक आनन्द तिवारीलगायत पाहुनाको पनि उपस्थिति हुनेछ। मंगलबारबाट विवाहको औपचारिक कार्यक्रम सुरू हुँदैछ। विवाहलाई सलमान खानका बडिगार्डसमेत रहेका शेराको कम्पनीले सुरक्षाको जिम्मा लिएको छ।

यसैबीच स्थानीय प्रशासनिक अधिकारीले शुक्रबार जिल्ला कलेक्टर राजेन्द्र किशनको अध्यक्षतामा बैठक बसेर विवाहको सुरक्षाबारे समीक्षा गरेको थियो।बैठकमा एसपी राजेश सिंह, एडीएम सुरज सिंह नेगी, इभेन्ट कम्पनीका प्रतिनिधि र होटलका कर्मचारी सहभागी थिए। बैठक भीड नियन्त्रण र सुरक्षा संवेदनशीलतालाई लिएर बसेको थियो।

विवाह कार्यक्रममा अधिकांश सेलिब्रेटीको उपस्थिति हुने भएकाले उनीहरूलाई प्रत्यक्ष हेर्न स्थानीयको सहभागीता हुनसक्ने भन्दै सुरक्षा सतर्कताबारे बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता