Logo

दुई फरक धर्म र रितिरिवाज अपनाउँदै यी कलाकार एक भए, बिहेमा करोडौं खर्च गरे



 

एजेन्सी । कट्रिना कैफ र विक्की कौशल डिसेम्बर ९ मा विवाह गर्दैछन् । कट्रिना–विक्कीको बिहेमा निम्ता गरिएका करिब १२० पाहुना स्थलमा पुग्ने प्रक्रिया सोमबार साँझदेखि सुरु भएको छ । बाहिर आएको जानकारी अनुसार उनीहरु दुबैले पहिले हिन्दु रितीरिवाज अनुसार विवाह गर्ने छन् ।

यसपछि क्रिस्चियन परम्परा अनुसार विवाह हुनेछ । यी दुवैको विवाहका लागि विभिन्न तरिकाले विवाह मण्डप तयार पारिएको छ । दुई फरक रीतिरिवाज अनुसार विवाह गर्ने यो पहिलो जोडी भने होइन । यसअघि पनि विभिन्न रीति९रिवाज अपनाउँदै एक भएका र विवाहमा करोडौं खर्च गरेका धेरै कलाकार थिए ।

सन २०१८ मा प्रियंका चोपडा र निक जोनसले जोधपुरको उम्मेद भवन प्यालेसमा दुई फरक रीतिरिवाजमा विवाह गरे। डिसेम्बर १ मा हिन्दू र २ डिसेम्बरमा क्रिस्चियन रिवाजमा विवाह गरेका हुन् । हालै दुवैले आफ्नो तेस्रो विवाहको वार्षिकोत्सव मनाएका छन् ।

दीपिका पादुकोण र रणवीर सिंहले सन् २०१८ नोभेम्बर १४ मा कोंकणी र १५ नोभेम्बरमा सिन्धी विधिअनुसार विवाह गरेका थिए । दीपिका कोंकणी ब्राह्मण परिवारका हुन् भने रणवीर सिंह सिन्धी समुदायका हुन् । उनको पूरा नाम रणवीर सिंह भवनानी हो। दुवैले इटालीमा विवाह गरेका थिए ।

सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए। यो एक भव्य गन्तव्य विवाह थियो जुन गोवामा भयो। अक्टोबर ६ मा दुवैले हिन्दू र ७ अक्टोबरमा क्रिस्चियन संस्कार अनुसार विवाह गरेका थिए । तर, अहिले दुवै एकअर्काबाट अलग भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता