Logo

प्रिज्माले पहिलो पटक प्रेमका बारेमा खुलेर भनिन्, ‘मैले प्रेममा कहिल्यै पनि सम्मान पाइन् सबै भन्दा बढी घृ णा उनैलाई गर्छु’ (भिडियो हेर्नुस्)



काठमाडौ । कलाकार सागर लम्सालसंग प्रेममा परेको चर्चामा रहेकी प्रिज्माले आफुले प्रेममा सम्मान नपाएको बताएकी छन् । बलेसंगको व्रेकअपको चर्चा सुरु भएसंगै उनको यस्तो अभिब्यक्ति पनि सार्वजनिक भएको छ ।

उनले आफ्नो अभिब्यक्तिमा सागरको नाम त लिएकी छैनन् तर आफुले अब कुनै बेला प्रेममा रहेका ब्यक्तिलाई सबैभन्दा बढी घृ णा गर्ने पनि बताएकी छन् । उनले आफुले जस्तै अरु कसैले पनि आफ्नो प्रेमीवाट सम्मान नपाएको अवस्था छ भने त्यस्तो ब्यक्तिवाट टाढा जान सुझाव पनि दिएका छन् ।

टीकटकबाट उदाएकी प्रिज्मा र भद्रगोल टिभी सिरियलबाट आएका बले केही वर्षदेखि प्रेममा रहेको चर्चा चुलिएको थियो । उनीहरुले यसवारे सार्वजनिक अभिब्यक्ति पनि दिएका थिएनन् । प्रेम होइन भनेर पनि भनेका थिएनन् ।

तर सामाजिक संजाल टिकटकमा उनीहरुले संगै बनाएका धेरै भिडियोहरु छन् । उनीहरुले धेरै म्युजिक भिडिओ पनि सँगै गरेका थिए । फागुनमा बिहे गर्ने चर्चा पनि चलिरहेको थियो । तर फेरी अचानक उनीहरुको ब्रेकअप भएको खबर बाहिरियो ।

प्रायः सामाजिक संजालमा सँगै देखिने उनीहरु पछिल्लो समय भने एकअर्कासँगको भिडिओ पोस्ट गरेका छैनन् । उनीहरु म्युजिक भिडिओमा पनि सँगै देखिन छाडेका छन् । उनीहरु अहिले अलग भएको जनाइएको छ । स्रोतले बिहेको कुरा नमिल्दा स म्बन्ध मा दरार आएको दावी गरेको छ । प्रिज्माले तलको भिडियोमा ४० मिनेटमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता