Logo

ताञ्जिनियाका यी टिकटक स्टारले गाए नेपाली गीत, इन्टरनेटमा भयो भाइरल (भिडियो सहित)



टिकटकले केही समयमै कसैलाई चर्चित बनाइदिने गरेको छ । ती मध्येका एक हुन् किली पाउल । केही दिनअघिदेखि सामाजिक सञ्जालमा भाइरल भएका ताञ्जानियाका टिकटकस्टार किली पलको जोडीलाई धेरैले रुचाएका छन् । आफ्नै देशको पोशाकमा बलिउडको गीतमा लिपसिंग दिएर चर्चामा आएका किलीले पछिल्लो समय नेपाली गीतमा पनि लिपसिंक दिएका छन् । उनले दिएको नेपाली गीतलाई यतिबेला सामाजिक सञ्जालमा निकै नै भाइरल बनाईएको छ ।

टिकटक स्टार किली पलले निकै नै सुन्दर तरिकाले नेपाली गीत ‘लगायौ माया, साँट्यौ नि मुटुु नभेटी नभेटी’ बोलको गीतमा लिपसिंग् दिएका छन् । उनले लिपसिंक दिएको उक्त भिडियोलाई सतहत्तर हजार बढीले लाईक गरेका छन् भने झण्डै १३ सयले प्रतिकृया दिएका छन् । उनी रंगमा कालो भएतापनि उनलाई उनका फ्यानहरुले ब्याल्क ह्याण्डसम् भन्दै प्रतिकृया दिएका छन् ।

किलीको उक्त गीतको प्रस्तुतीमा प्रतिकृया दिने मध्यकी एक हुन् ज्ञानु राना पनि उनले पनि ‘मेरो बुढो कालो भएर होकी मलाई काले केटा औधी मन पर्छ लौन’ भन्दै किलीलाई नेपाली गीतमा लिपसिंक गर्न अझैं प्रोत्साहन गरेकी छन् । त्यसैगरी रिया बस्यालले पनि ‘विश्वमा नै धेरै केटी फिदा हुने मान्छे नै यै कालू होला’ भनेर किली प्रतिको आफ्नो माया देखाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता