Logo

जितु नेपाललाई ‘फुलनदेकी आमा’को जवाफ, आफ्नै सासले त धोका दिन्छ यहाँ कसको विश्वास गर्नु  ? (भिडियो हेर्नुस्)



काठमाडौ । नेपाल टेलिभिजनवाट करिब डेढ वर्ष देखि प्रशारण हुँदै आएको लोकप्रिय कार्यक्रम मुन्द्रेको कमेडी क्लब बन्द हुने भएको छ । हाँस्य कलाकार जितु नेपालले शो संचालन गर्दै आएका थिए । जितुले कार्यक्रम बन्द गर्ने घोषणा गर्दै पत्रकार सम्मेलन गरेका थिए । डेढ बर्ष भन्दा लामो समयदेखि प्रशारण हुँदै आएको कार्यक्रममा सहभागी एक कलाकार अर्को कार्यक्रमको होस्ट बन्ने भएपछि यो कार्यक्रम बन्द गर्नु परेको उनले बताए ।

ति कलाकार उमेश राई हुन् । यो शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ का कारण कार्यक्रम बन्द हुने अवस्थामा पुगेको भन्दै जितुले पत्रकार सम्मेलन गरेपछि उमेशलाई सामाजिक सञ्जालमा धोकेवाज भन्दै निकै आलोचना भयो । उनले अर्को एक रियालिटी शो होेस्ट गर्दैछन् । उनी अर्को कार्यक्रममा पनि फुलनदेकी आमाकै गेटअपमा जाने भएका हुन् । उमेश राइले आफ्नो चर्चित गेटअप ‘फुलन्देकी आमा’ नै बनेर डान्स रियालिटी शो ‘डान्स च्याम्पियनसिप’को होस्ट गर्ने भएका हुन् ।

एउटै ब्यक्ति एकै पटक एउटै गेटअपमा दुईवटा कार्यक्रममा देखिदा समस्या हुन सक्ने ठानेर जितुले कार्यक्रम बन्द गर्ने निर्णयमा पुगेको प्रतिकृया दिएका दिए । कार्यक्रम बन्द गर्नुको कारण नै आफुलाई बताएका कारण निकै आलोचना सहेका उमेशले पनि मुख खोलेका छन् । उनले आफुले कुनै गल्ती नगरेको बताएका छन् । कार्यक्रम बन्द हुनुमा आफ कारण नभएर जितु नेपाल र आयोजकबीच नै कुरा नमिलेका कारण बन्द भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता