Logo

हरिवंशको जन्मदिनमा पत्नीसंग शुभकामना दिन पुगेका मनोज गजुरेल यसरी रमाए (भिडियो हेर्नुस्)



 

काठमाडौ । चर्चित हास्य कलाकार हरिवंश आचार्यको शनिवार जन्मदिन परेको थियो । वि।सं। २०१४ कार्तिक २७ गते काठमाडौंको गैरीधारामा जन्मिएका हरिवंशले शनिवार आफ्नो जन्मदिन मनाए । उनको जन्मदिनमा थुप्रै कलाकारहरु शुभकामना दिन पुगेका थिए ।

जन्मदिनको अवसरमा उनलाई विहानैदेखी विभिन्न चर्चित कलाकारहरुले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिने क्रम भने अझै जारी छ । इरहेका

उनको जन्मदिनमा सबैको ध्यानाकर्षणको केन्द्र बनेका थिए हाँस्य कलाकार मनोज गजुरेल र उनकी पत्नी । भर्खरै विवाह गरेका यिनीहरु हरिवंशको जन्मदिनमा छमछमी नाचेर रमाए ।

हास्य कलाकार मदन कृष्ण श्रेष्ठको साथमा ‘महजोडी’ को नामले परिचित हरिवंसले हालसम्म धेरै फिल्ममा पनि अभिनय गरिसकेका छन् ।

उनका लोभिपापी, फिलिम, राजामति, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस नी बद्री, शत्रु गते लगायतका फिल्म चर्चित छन् । उनका चिना हराएको मान्छे र हरिबहादुर उपन्यास पनि छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता