Logo

चर्चित गायक योगेश्वर अमात्य घटनामा ५ जना पक्राउ



 

काठमाडौं । चर्चित गायक योगेश्वर अमात्यका बारेमा धेरैलाई जानकारी नभएको रहस्यको पर्दा खुलेको छ । बारामा रहेको उनको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको खुलेको रहस्य खुलेको हो ।

अमात्याको जग्गाको नक्कली लालपूर्जाको आधारमा ऋण दिएको आरोपमा कुमारी बैंकको बारा शाखाका २ कर्मचारीसहित ५ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

बाराको कुमारी बैंकका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसिया, नक्कली लालपूर्जा बनाएर पेस गर्ने काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र अर्का बिचौलिया कुसुम प्रधानलाई नियन्त्रणमा लिएको सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।

उनीहरुले अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको नक्कली लालपूर्जा बनाएर कर्जाका लागि कागजाता पेस गरेको खुलेको हो । कुमारी बैंकका ऋण अधिकृत र मूल्याङ्कनकर्ताले सोही नक्कली लालपूर्जाकै आधारमा १९ करोड ऋण दिएका हुन् । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता