Logo

कट्रिनासंग विवाहको तयारी थालेका विक्की कौशलको पूर्व प्रेमिकाले दिइन् यस्तो प्रतिकृया



 

काठमाडौ । पछिल्लो समय विक्की कौशल र कट्रिना कैफको जोडी चर्चामा छ । दुवैले छिट्टै विवाह गर्दैछन् । त्यसको तयारी गोप्य रुपमा सुरु भएको छ । विक्की र कट्रिनासँगै हरलिन सेठीको नाम पनि चर्चामा छ । हरलिन सेठी विक्की कौशलकी पूर्व प्रेमिका हुन् । विक्की र हरलिनले लामो समय एकअर्कालाई डेट गरे तर उनीहरु लामो समय संगै रहन सकेनन् ।

ब्रेकअप पछि, विक्की र हरलिन दुबैले आ९आफ्नो जीवनमा धेरै प्रगति गरेका छन्। पूर्व प्रेमी र कट्रिनाको विवाहलाई लिएर हरलिनको प्रतिक्रिया पनि सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार हरलिन सेठी विक्की र कट्रिनाको बिहेको खबरले कत्ति पनि चिन्तित छैनन्। एक मिडियाललाई दिएको अन्तर्वार्तामा हरलिनकी साथी भन्छिन्, हरलिन आफ्नो जीवनमा अगाडि बढेकी छिन् र अहिले आफूलाई काममा व्यस्त राख्छिन्।ु

हरलिनका साथी भन्छन्, ‘हरलिन अहिले आफ्नो जीवनमा साँचो अर्थमा अगाडि बढेकी छिन् । आजकल उनको सबै ध्यान काममा छ। हरलिन चाँडै एकता कपूरको फिल्म ‘द टेस्ट केस २’ मा देखिने छिन्, जसलाई लिएर उनी निकै उत्साहित छिन् । यसको दोस्रो भागको कथा हार्लिनमा नै केन्द्रित छ । यति मात्र होइन, केही समयअघि उनले फिल्मको गीतको छायांकन पनि पूरा गरिसकेका छन् । यससँगै हरलिनले वेबसिरिज साइन गर्ने तयारी पनि गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता