Logo

‘कला कसैको दयाले जिउने पेशा त होइन’



 

काठमाडौ । अभिनेत्री रेखा थापाले कला क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेकोमा चिन्ता ब्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा निकै क्रियाशिल देखिने रेखाले फेसवुकमा लामो स्टाटस लेख्दै फिल्म क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेकोमा गुनासो गरेकी छन् ।

केही छिमेकी राज्यले आफ्नो देशको कलासंस्कृति उठाउन गरेको पहल उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले नेपालमा भने राज्यले चासो नदिएको बताइन् । ‘दुनियाँलाई चिनियाँ सभ्यता देखाउन चीन अर्बौँ खर्च गर्दछ । अरु देश पनि आफ्नो भाषा संस्कृतिको उत्तिकै जगेर्ना गर्दछन् ’ उनले अगाडि लेखेकी छन् ‘सिक्किम सरकारले समेत आफ्नो पहिचान बढाउन त्यहाँ छायाँकन गर्ने फिल्मलाई एक करोड अनुदान दिने घोषणा गरेको छ ।’

 

नेपालमा फिल्मी संस्कार नभएको समेत गुनासो गरेकी रेखाले फिल्म क्षेत्र ‘आफै बाच–नसके म र’को अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । ‘कला कसैको दयाले जिउने पेशा त होइन, तथापि भोलीको दिनमा हाम्रो भाषा र मौलिक नेपाली पहिचान कस्तो होला भन्ने हो रु’ उनले थपेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता