Logo

जेलबाट बाहिरिएपछि आर्यन खानले गरे पहिलो यस्तो काम, फ्यान छक्क



 

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान आर्थर रोड जेलबाट बाहिर आएपछि गरेको उनको पहिलो कामले फ्यानहरु छक्क परेका छन् । २३ वर्षीय आर्यन खान गत हप्ता मुम्बईको आर्थर रोड जेलबाट बाहिर आएका थिए । जेलबाट बाहिर आएपछि उनले पहिलो काम आफ्नो इन्स्टाग्राम प्रोफाइल तस्वीर डिलिट गरेका थिए ।

जसका कारण उनका फ्यानहरु हैरान छन् कि आर्यनले किन यस्तो गरे रु आर्यन खानका इन्स्टाग्राममा १९ लाख फलोअर्स छन् । उनी प्रायः आफ्नो इन्स्टाग्राममा सक्रिय रहन्छन्, तर जेलमा रहँदा उनको खातामा कुनै पनि पोस्ट गरिएको थिएन र जेलबाट बाहिर आएपछि उनले पहिलो पटक आफ्नो प्रोफाइल तस्वीर डिलिट गरे।

उनले इन्स्टाग्रामबाट आफ्नो डिस्प्ले तस्वीर डिलिट गरेका छन् । तर, यो पनि सत्य हो कि आर्यन खान अन्य कलाकारका छोराछोरी जस्तो सामाजिक सञ्जाल चलाउँदैनन् । उनले सन् २०१३ यता इन्स्टाग्राममा २४ पोष्ट मात्रै सेयर गरेका छन् ।

आर्यन खान सन् २०१३ मा इन्स्टाग्राममा जोडिएका थिए । ड्रग घटनामा पक्राउ परेर आर्थर रोड जेलमा झण्डै एक महिना बिताएर शनिबार मन्नत फर्केका आर्यन खानलाई उनको घर मन्नत बाहिर भव्य स्वागत गरिएको थियो । फ्यानहरुले आर्यनलाई न्यानो स्वागत गरेका छन् ।

आर्यनलाई एनसीबीले आइतबार अक्टोबर ३ मा पक्राउ गरेको हो । उनीसँगै उनका साथी अरबाज मर्चेन्ट र मोडल मुनमुन धामेचा पनि पक्राउ परेका छन् । जेलबाट फर्किएपछि उनलाई बलिउडका कयौं दिग्गज कलाकारहरूले स्वागत गरे र करण जोहर, शनाया कपूर, हंसल मेहतालगायतले उनलाई सामाजिक सञ्जालमार्फत माया गरे। उनकी बहिनी सुहाना खानले इन्स्टाग्राममा आफ्नो प्रेम व्यक्त गर्न आर्यन खानको बाल्यकालको तस्विर पोस्ट गरेकी छिन् ।

यसअघि आर्यन खानले आफ्नो इन्स्टाग्राममा डीपी राखेका थिए । तर ‘मन्नत’ फर्किएपछि उनले त्यसलाई डिलिट गरि प्रोफाइल तस्वीर खाली छोडिदिए । तर, आर्यन खानले आफ्नो कुनै पनि पोस्ट डिलिट गरेका छैनन् । उनका सबै तस्विर इन्स्टाग्राममा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता