रङ नम्बरमा गरिएको फोनका कारण प्रेम मात्र होइन, विवाह नै भयो ! यस्तो छ रोचक प्रेम कहानी

सामाजिक सञ्जालबाट मायाप्रेम भएका खबर त धेरै सुनिएको छ तर भारतमा रङ नम्बरमा गरिएको फोनका कारण प्रेम मात्र होइन, विवाह नै भएको छ। २ वर्ष पहिले मोतिहारीकी पूजाले गलत नम्बर डायल गर्दा मुजफ्फरपुरको औराई निवासी रवि कुमारलाई फोन गयो।
दुवैबीच कुराकानी भयो र रङ नम्बर परेको थाहा भएपछि फोन काटियो। तर दुई दिनपछि रविले मिस्ड कल गरे। यसपटक पूजाले कल ब्याक गरिन्। फेरि दुई जनाबीच संवाद भयो। झगडा पनि भयो। तर यही झगडा अन्ततः प्रेममा परिणत भयो।
यसपछि दुई जनाबीच फोनमा घण्टौं कुरा हुन थाल्यो। पूजाले रविसँग विवाह गर्ने इच्छा प्रकट गरिने। रवि पनि यसका लागि तयार भए। तर दुवैका परिवारले यसको सुइँको पाए। र, केटीका बाउ–आमाले उनको मोबाइल खोसेर राखे। यसपछि दुई जनाबीचको कुराकानी बन्द भयो।
आइतबार केटी औराई थाना पुगिन् र थानेदार राजेश कुमारलाई आफ्नो प्रेमको सबै कहानी सुनाइन्। उनले केटीको उमेर पुष्टि गरे र उनको परिवारलाई बोलाए। पछि रवि र उनको परिवारलाई पनि झिकाए।
जन्ती बने प्रहरी, दिए आशीर्वाद
सुरुमा त रविको परिवारले अस्वीकार गर्यो। तर थानेदारले दुवै पक्षलाई सम्झाए। जब दुवै बालिग ९विवाह गर्न योग्य उमेरका० छन्, आपसमा प्रेम र विवाह गर्न चाहन्छन् भने तपाईंहरूलाई केको आपत्तिरु फेरि दुवै सजातीय पनि छन्। यसपछि दुवै पक्ष सहमत भए। औराईस्थित शिव मन्दिरमा साँझपख दुईबीच विवाह गराइयो।
थानेदारसहित सबै प्रहरी र गाउँका केही गन्यमान्य व्यक्ति जन्ती बने। विवाहपछि बेहुला बेहुलीले थानेदारको गोडा छोएर आशीर्वाद लिए।यसपछि केटी परिवारसँग बिदा लिएर आफ्नो बेहुलाको घर गइन्। दैनिक भास्करबाट