Logo

सिद्धार्थ शुक्लाको श्रद्धाञ्जली भिडियोलाई लिएर ट्रोल भइन् शहनाज गिल, समर्थनमा आए अभिनेता अली गोनी



 

एजेन्सी । सिद्धार्थ शुक्लाको मृत्युपछि उनको परिवारपछि सबैभन्दा ठूलो दुख उनको सबैभन्दा मिल्ने र विशेष साथी शहनाज गिललाई भयो । सिद्धार्थको मृत्युपछि शहनाज कामबाट टाढिइन् । यो आघातबाट बाहिर आउन उनलाई धेरै समय लाग्यो । यसैबीच शहनाजले आफ्नो प्रेमलाई ट्रिब्यूट दिइन् । सिद्धार्थ शुक्लाको निधन भएको ५६ दिनपछि उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट एक पोस्ट गरेकी थिइन् जसमा उनले सिद्धार्थलाई श्रद्धाञ्जली लेखेकी थिइन् ।

केही दिनपछि शहनाजले आफ्नो अफिसियल युट्युब च्यानलमा उक्त भिडियो सार्वजनिक गरिन्, जसलाई एकै दिनमा करोडौं मानिसले हेरिसकेका छन् । भिडियोमा शहनाज निकै उदास देखिएकी छिन् । जहाँ शहनाजको भिडियोलाई मानिसहरूले धेरै माया दिए, उनी ट्रोल पनि भइन् । मानिसहरुको लगातारको कमेन्टपछि अब अभिनेता अली गोनी शहनाजको समर्थनमा आएका छन् ।

एक प्रयोगकर्ताको ट्विटको जवाफ दिँदै अली गोनीले शहनाजलाई समर्थन गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘यहाँ हामी अझै शोक गरिरहेका छौं र आफूलाई नजिक भएको दाबी गर्नेहरू । श्रद्धाञ्जलीको नाममा भावना बे चि रहेका छन् । कसैको मृत्युलाई यसरी प्रयोग गर्नेहरु अब लाइक, कमेन्ट हेर्दै बस । सिद्धार्थ शुक्लालाई प्रयोग गर्न बन्द गर्नुहोस्। यसको जवाफ दिँदै एली गोनीले हिन्दी भाषामा भनेका छन् रुक जाओ, सीरीयसली ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता