Logo

नायिका पुजा शर्माको अभिनय रहेको ‘रमरम मरौटी ‘बोलको गीतको चौतर्फि चर्चा



 

औषधिय गुण भएको वनस्पति मरौटी । ‘रमरम मरौटी, तिम्रो रुपै करौँती’ बोलको गीत अहिले चर्चामा छ ।त्यस्तै , म ‘महानायिका’ होइन स् रेखा थापा( फिल्म क्षेत्र ‘महानायक र महानायिका’ उपाधिलाई लिएर विवादमय बन्यो । कसैले ‘महानायक’ उपाधिको हकदार राजेश हमाल नभइ भुवन केसी रहेको तर्क पेश गरे भने कसैले करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’ उपाधिमाथि प्रश्न उठाए । दर्शक र फिल्मकर्मीको एउटा ठूलो समुह भने राजेश हमाललाई ‘महानायक’ र रेखा थापालाई ‘महानायिका’ मान्ने गर्छ ।

तर, अभिनेत्री रेखा थापाले उपाधिलाई लिएर फिल्म क्षेत्रमा चलेको विवाद व्यर्थको रहेको र आफू ‘महानायिका’ नरहेको बताएकी छन् । उनले भनेकी छन्, ‘दर्शकको मतलाई म सम्मान गर्छु । तर, कलाकार सधैं सिकारु हुन्छ । मैले अझै धेरै सिक्न बाँकी छ । हामी नवरसमा काम गर्छौं । हामी सिकिरहने मान्छेहरु हौं । एउटा फिल्ममा जस्तो अर्को फिल्ममा चरित्र र अभिनय एउटै हुँदैन ।’

रेखाले आफूहरु मान्छे नै हुन नसकेको बताउँदै ‘महान्’ भन्ने शब्दलाई पुष्टि गर्न यो जूनी मात्र पर्याप्त नहुने बताएकी छन् । अहिले फिल्म क्षेत्रमा चलेको उपाधि विवादबारे उनी अगाडि भन्छिन्, ‘यो विवादको कुनै अर्थ छैन । खाली टाइमपास जस्तो भइरहेको छ । दर्शकहरुले पनि यस्तो विवादलाई वेवास्था गरिदिए राम्रो हुन्छ ।’ उनले आफू असल मान्छे बन्ने प्रयासमा हिँडेको बताएकी छन् ।

फिल्म क्षेत्रमा कलाकार, निर्देशक र निर्माताको रुपमा अझै धेरै सिक्न बाँकी रहेको र राम्रो मान्छे भएर कर्म गर्न सके आफ्नो लागि त्यही नै ठूलो अवार्ड हुने उनको भनाई छ । पछिल्लो समय ज्योतिष विज्ञानमा विश्वास गर्ने थालेकी अभिनेत्री थापालाई ज्योतिषले २०७९ साल विवाहको योग रहेको बताएका छन् रे । उनले ठट्यौली शैलीमा भनिन्, ‘म त जोइला (केटा भगाएर) ल्याउने हो ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता