Logo

जब पहिलो पटक आर्यनलाई भेट्न जेल पुगे शाहरुख खान, १८ मिनेट के गरे कुराकानी



काठमाडौ । बलिउड अभिनेता शाहरुख खान आफ्ना छोरा आर्यनलाई भेट्न पहिलो पटक पुगेका छन् । ड्रग घटनामा पक्राउ परेका आर्यनको रिहाइ बुधवार पनि भएन । बुधवार उनी बाहिर आउने अनुमान गरिएको थियो ।

तर बुधवार रिहा नभएपछि शाहरुख छोरालाई भेट्न पुगेका हुन् । शाहरुख यस अघि छोरा भेट्न गएका थिएनन् । पक्राउ परेर जेलमा रहेका छोरा आर्यन खानलाई बलिउड अभिनेता साहरुख खानले पहिलो पटक भेटेको भारतीय मिडियाले जनाएका छन् । उनी विहिवार विहान आर्थर रोड जेल पुगेर छोरालाई भेटेर फर्किएको भारतीय मिडियाले लेखेका छन् ।

यसअघि बुधबार मात्र त्यहाँको एक अदालतले जमानतमा रिहा हुनका लागि आर्यनले गरेको अपिललाई खारेज गरिदिएको थियो । मुम्बईको आर्थर रोड पुगेका साहरुखले त्यहाँ १८ मिनेट छोरासँग कुराकानी गरेको भारतीय मिडियाले लेखेका छन् । ३ अक्टोबरमा क्रुजमा ड्रग पार्टी गरिरहेको अवस्थामा पक्राउ परेका आर्यनसँग त्यसपछि साहरुख खानको यो पहिलो भेट हो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता