बाढीले जलमग्न भएपछि खड्कुलामा बसेर जन्ती गए बेहुली ल्याए
काठमाडौ । अहिले मौसम निकै विग्रिएको छ । वेमौसमी वर्षाले जनजिवन प्रभावित पारेको छ । भारतमा भने वर्षाका बेलामा भएको एक विवाहले निकै चर्चा पाएको छ । ति विवाहका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
बेहुला बेहुलीको एक जोडी आफ्नो विहेमा अनौठोगरी पुगेको छ । बाढीका कारण सडकभरि डुबान भएपनि उनीहरु ठुल्ठुला पकाउने भाँडा ९खड्कुला० मा बसेर, तैरिँदै विवाह गर्न पुगेका हुन् ।
यसको फुटेज यतिबेला सामाजिक संजालमा अत्याधिक शेयर गरिएको छ । यसमा पानीले डुबेको सडकको बीचौँबीच भाँडामा तैरिएर फोटोग्राफरसँग भइरहेको देखिएको छ । उनीहरुले सो भाँडा स्थानीय मन्दिरबाट माँगेर लिएको बताइएको छ । यो एक मात्र विकल्प बाँकी भएकाले उनीहरुले यस्तो उपाय अपनाएको बताएका छन् ।
भिडियोमा बेहुला र बेहुली भाँडामा तैरँदै नभिजि विवाहको स्थलमा पुगेको देख्न सकिन्छ । बेहुलीले स्थानीय न्युज च्यानल एसियानेटसँग भनेकी छन्, “यस किसिमले विवाह गर्नेछौँ भनेर हामीले कहिल्यै कल्पना गरेका थिएनौँ । ” यसरी कठिन मौसमका वावजुद उनीहरुले विवाह जारी राखेका हुन् ।
भिडियोमा एक व्यक्तिले कारबो सट्टा बरु जहाज बुक गरेको भए हुने रहेछ भनिरहेको पनि सुन्न सकिन्छ । दुलही ऐसोर्या र दुलाहा आकाश दुवै चेंगानुर अस्पतालमा स्वास्थ्यकर्मीका रुपमा काम गर्ने बताइएको छ ।