Logo

विवाह पछि विनय जंगले भने, ‘जातिय विभेद हटाउन मैले पुजालाई बेहुली बनाएँ’ (भिडियो हेर्नुस्)



काठमाडौ । काठमाडौंस्थित पुशपति आर्यघाटमा बेवारिसे लास व्यवस्थापनको काम गरिरहेका विनय जंग बस्नेतले विवाह गरेका छन् । उनको यो दोस्रो विवाह हो । पहिलो विवाह असफल भएपछि पुजा विश्वकर्मासंग उनले हालै दोस्रो विवाह गरेका हुन् । विवाह पछि पहिलो पटक भिडियो लाइभमा सार्वजनिक भएका बस्नेतले जातीय विभेद हटाउन आफुले दलित महिलासँग विवाह गरेको बताएका छन्।

यही दसैंको अष्टमीका दिन पूजा विश्वकर्मासँग विवाह गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफूले व्यवहारबाटै जातीय भेदभावको अन्त्य गर्न दलितसँग विवाह गरेको बताएका छन्।

‘जातीय भेदभावको अन्त्य गरौं। भाषण र नारा अनि चिप्ला चुनावी कुरामा मात्र सीमित नराखौं’, बस्नेतले भनेका छन्, ‘जातीय विभेद अनि जातीय छुवाछुत आजैबाट बन्द गरौं।’ वेवारिसे शव ब्यवस्थापनमा लामो समय देखि सकृय विनयजंग बेलाबेलामा विवादित पनि हुन्छन् । पुजा पनि विनयजंग संगै वेवारिसे शव ब्यवस्थापनमै जोडिएकी हुन् । पुजा बाँके निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता