Logo

मनोज गजुरेलकी नयाँ बेहुली मञ्जु पोखरेलको यस्तो छ परिचय !बधाई दिनेको ओइरो



मनोज गजुरेलको बिहे भएको छ । उनले मञ्जु पोखरेललाई श्रीमतिका रुपमा घरमा ल्याएका छन् । उक्त कुराको जानकारी उनी आफैंले दिएका हुन् । उनले फेसबुकमा एक स्टाटस लेखेर फोटो राख्दै उक्त जानकारी दिएका हुन् । मनोजका अनुसार उनकी श्रीमति सरकारी सेवाकी अधिकृत हुन् । उनी हाल न्याय सेवा अन्तरगत कार्यरत छिन् । उनीहरु दुबैले सोमबार बिहे गरेका हुन् ।

मनोज अगाडि लेख्छन्, आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी । जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ ।

जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबुनानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।

एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्यौं । अगाडि आईपर्ने सुख दुखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो । सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ । कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला ।

अन्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम कौशलटारमा रहेका बुवाआमालाई खाना खु वा ए र खा ए र विवाह सम्पन्न गरेकाछौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद । नवदुर्गा भवानीले सबैको रक्षा गरुन् । बडादशैँको हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता