Logo

यिनै हुन इन्दिराका प्रेमी, सुटुक्क इन्गेजमेन्ट गरेको भिडियो टिकटकमा भाइरल



 

काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । उनले इंगेजमेन्ट गरेको भिडियो राखेर धेरैले सामाजिक संजालमा बधाइ दिएपछि वास्तविकता खुलेको हो ।

इन्दिराले खुम्बु पुगेर इन्गेजमेन्ट गरेकी हुन् । जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ । उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन् ।

उसो त उनले इन्गेजमेन्ट भएकोबारे पनि आफैँले सार्वजिनक रूपमा अहिलेसम्म भनेकी छैनन् । उनीहरूको इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापाको टिकटक अकाउन्टमार्फत सार्वजनिक गरिएको छ । थापाले ’एक्स्कुलुजिभ’ लेखेर भिडियो सार्वजनिक गरेका छन् ।

गायिका जोशीले सोबारे औपचारिक रुपमा भने कतै जानकारी दिएकी छैनन् । उनले इंगेजमेन्ट गरेको भिडियो अहिले सामाजिक संजालमा जताततै छाएको छ । गायिका जोशीलाई क्याप्टेन विवेक थापाले टिकटकमा भिडियो राखेर बधाइ दिएका छन् । उक्त भिडियो अहिले भाइरल बनेको छ ।

उनले जोशी र केडिया दुवैलाई बधाइ दिएका छन् ।क्याप्टेन थापाले भिडियोको क्याम्पसनमा लेखेका छन्, ‘दुवै जनालाई उज्वल भविष्यको कामना १’गायिका जोशीले यसअघि नै प्रेममा रहेको बताएकी थिइन् । तरपनि उनले आफ्नो प्रेमीबारे भने खुलाएकी थिइनन् ।

@captbibek“Wish you both happy life ahead” @indirajoshi99 ##engagementceremony ##tiktoknepal ##foryoupage ##captbibek ##lifeisbeautiful ##bestofluck ##fypシ ##khumbu

♬ original sound – ⊙☂🐞ξ®¡×👅

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता