Logo

तीजमा ‘चरी जेलैमा’ ल्याएर निकै चर्चा पाएकी विष्णु माझीले फेरी ल्याइन् दशैं–तिहार गीत (भिडियो हेर्नुस्)



काठमाडौ । यो वर्षको तीजमा ‘चरी जेलैमा’ले यत्रतत्र, सर्वत्र चर्चा पायो । अहिले पनि त्यो गीत वजेको सुनिन्छ । यो गीतको चर्चा सेलाउन नपाउँदै अहिले उनको दशैं तिहार गीत सार्वजनिक भएको छ । बुधबारमात्रै सार्वजनिक गीतको बोल छ, ‘दशैं तिहार आइसक्यो’ । यस गीतले पुनः दर्शक÷स्रोताको मन जितेको छ ।

सार्वजनिक भएको केही बेरमै गीतले तहल्का मच्चाएको छ । सांगीतिक बजारमा फेरी केही दिन उनको गीतको बोलवाला बढ्ने संगीतकर्मीहरूले अनुमान छ । यतिसम्मकी नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेका अन्य केही गायक–गायिकाहरू यो गीत आएपछि सार्वजनिक गर्नवाछ पछि हटेका छन् ।

तीज गीत ‘चरी जेलैमा’पछि आफ्नै म्युजिक कम्पनी (सपना म्युजिक इन्डष्ट्रिज) मार्फत सार्वजनिक भएको गीत हो– ‘दशैं तिहार आइसक्यो’ । यस गीतमा पनि विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ । विष्णु माझीको स्वर रहेको गीतमा महिमा आचार्यको कोरस गायन छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता