Logo

आमा बनिन् प्रियंका कार्की, यस्तो सुन्दर क्याप्सन लेखेर सार्वजनिक गरिन् पहिलो सन्तान



 

काठमाडौ । गर्भावस्था देखि नै निकै चर्चामा रहेकी नायिका प्रियंका कार्की आमा बनेकी छिन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको जानकारी दिएकी छन् । गर्भावस्थाका अनौठा तस्बिर सार्वजनिक गरेका कारण चर्चामा रहेकी प्रियंका आमा बन्ने अवसरको पर्खाइमा रहेकाहरुका लागि उनले जानकारी दिएकी छन् ।

आफ्नो पहिलो सन्तानको तस्बिर पनि उनले सार्वजनिक गरेकी छन् । जसमा प्रियंका, उनका पति आयुष्मान देशराज जोशी पनि देखिएका छन् । उनीहरुले आफ्नो पहिलो सन्तानलाई काखमा लिएको तस्बिरमा देख्न सकिन्छ । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि।सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए । प्रियंकाको यो दोस्रो विवाह हो । स्वतन्त्र आफ्ना भनाई राख्ने प्रियंका कहिले काँही यस्तै भनाईले आलोचित पनि हुन्छिन् । तर उनले त्यस्ता कुराहरुको वेवास्ता गर्ने गरेकी छन् । उनीहरुले गर्भावस्थाको जानकारी दिएको विषय पनि चर्चामा थियो । हामी गर्भवती भयौं भन्दै उनीहरुले जानकारी दिएका थिए । जुन स्टाटसको आलोचना पनि भएको थियो ।

पहिलो चरणको लकडाउनपछि प्रियंका गर्भवती भएकी थिइन् । गर्भवती भएपछि प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा, आलोचना सबै भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता