Logo

दुई महिना हिरासत बसेर बाहिर आउँदा पत्रकारको भीड देखेर राज कुन्द्राले के गरे



 

काठमाडौ । अ श्लि ल फिल्म निर्माणको आरोपमा दुई महिना हिरासतमा विताएर मंगलवार घर फर्केका राज कुन्द्राको निधारमा रातो तिलक थियो । उनलाई रिहा हुँदै कसैले रातो तिलक लगाइदिएको थियो । दुई महिना बिताएर २१ सेप्टेम्बरमा राज कुन्द्रा जमानतमा रिहा भएर घर फर्कदा अनौठो दृष्य देखियो । उनलाई ५० हजार भारुमा जमानतमा रिहा गरिएको हो ।

राज ६४ दिनपछि आफ्नो घर फिर्ता भएका हुन् । उनलाई मुम्बईको अ प रा ध शाखाले १० जुलाईमा पक्राउ गरेको थियो ।राज कुन्द्र जेल बाहिर आएपछि उनलाई मिडियाले तत्काल घेरे । यतिबेला पत्रकारले राजलाई केही प्रश्न पनि सोधे तर उनले कुनै पनि प्रश्नको जवाफ दिएनन् । राज केही नबोलिकनै गाडीमा चढे ।

जमानतमा जेलबाट बाहिर निस्किएपछि राजको पहिलो तस्बिर सार्वजनिक भएको छ । यी तस्बिरमा राज कुन्द्राले मास्क लगाइरहेको देख्न सकिन्छ । यसका साथै उनले निधारमा रातो टिका पनि लगाएका छन् मिडियाको भीड आफ्नो वरिपरि देखेर राज कुन्द्रा त ना वमा पनि देखिए । गाडीमा बसेपछि राजले कसैसँग कुरा गर्दै मिडियातर्फ हातले इशारा गरेर केही भनिरहेको पनि देखिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता