Logo

के तपाई पत्याउनु हुन्छ  ? टिकटक बाट दिनमै लाखौ कामाउने अंशु बर्माको वास्तविकता के हो  ? घर, घडेरी देखि कार सम्म (भिडियो हेर्नुस्)



 

एउटा मोवाइल एप टिकटक जसवाट मानिसले लाखौं करोडौ कमाउन सक्छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । एक दिनमै करिब एक लाख रुपैया कमाउने अंशु वर्माको कथाले पक्कै पनि तपाईलाई अचम्म बनाउन सक्ला । यिनी टिकटकमा लाइभ आएर लाखौं कमाउने गरेका हुन् । उनी कञ्चनपुरको महेन्द्रनगरका हुन् । उनी आफ्नै घरको कोठामा बसेर दिनमै लाख भन्दा बढी कमाउँछन् ।

उनी महिनाको २५ लाख भन्दा बढी कमाउँछन् । कम्तिमा महिनाको २० देखि २५ सम्म पुग्ने गरेको छ । तर कहिले काँही ३० लाख पनि पुग्ने गरेको बताउँछन् । उनले २५ दिन टिकटकमा लाइभ बसेर कमाएको पैसाले कार पनि किनेका छन् । केही दिन अघि सामान्य जिवनशैली बिताएका उनी अहिले महेन्द्रनगरमा एउटा घर किनिसकेका छन् भने काठमाडौमा पनि घर किनिसके । उनीसंग जम्मा ७ वटा मोवाइल छन् ।

आफ्नै कोठामा बसेर उनले दुई महिनामै जिवनशैली परिवर्तन गरे । उनको कोठा पनि भब्य छ । घरमा सबै सुविधा जोडेका छन् । एसी देखि आवश्यक पर्ने सबै सुविधा जोडेका छन् । टिकटक लाइभ बस्न उनले लाइट पनि राखेका छन् । कोठा नै ब्यवसायीक बनाएका छन् । पैसा कमाएपछि उनले अलि अलि अरुलाई सहयोग पनि गर्न थालेका छन् । समाजसेवी पनि बन्नु पर्यो नी सेल्फिसको जमाना छैन नी, उनले भने ।

खान लाउन नपाएकाहरुलाई सहयोग गर्न पनि पुग्छन् उनी । आफुले गरेको सहयोग उनले टिकटकमा भने देखाउँदैनन् । उनले देखाएर समाजसेवा नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता