Logo

क्रिकेट रंगशाला बनाउँदा १६ करोड ऋण लागेपछि धुर्मुस सुन्तलीले झिके हात, अब कसले तिर्छ पैसा  ?



काठमाडौ । निकै महत्वकांक्षी योजना लिएका धुर्मुस सुन्तली फाउण्डेशनका सिताराम कट्टेल र कुञ्जना घिमिरेले क्रिकेट रंगशाला निर्माणको काम रोकेका छन् । निर्माणमा १६ करोड ऋण लागेपछि ुधुर्मुस–सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य रोकेको हो । उनीहरुले काम रोकेपछि अब त्यो ऋण कसले तिर्छ भन्ने प्रश्न उब्जिएको छ ।

सिताराम कट्टेलले करिब एक महिना देखि निर्माणको काम रोकिएको जानकारी दिएका छन् । कोभिडका कारण सहयोग उठाउन नसकेको र अरुवाट सहयोग आउन छोडेको भन्दै उनीहरुले काम रोकेका छन् । जसको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको थियो ।

रंगशालाको ३५ प्रतिशत काम सकिँदा ५४ करोड खर्च भइसकेको धुर्मुसले बताएका छन् । अझै निर्माण सम्पन्न गर्नका लागि २ अर्व रुपैया आवश्यक पर्ने उनको भनाई छ । अहिले सम्म ६५ प्रतिशत काम बाँकी नै छ । ऋण मात्रै १६ करोड नाघेपछि धुर्मुस रंगशाला निर्माणमा रोकिएका छन् ।

धुर्मुसले भनेका छन्, सधैँ हामीलाई सहयोग गर्नुस् भनेर मागिरहन सकिएन । थोरै पैसामा काम गरौँ न भन्ने अवस्था पनि छैन । निर्माण सामग्री ल्याउने सम्पूर्ण ठाउँमा उधारो बाँकी छ । त्यसैले काम गर्न सकिएन । उनीहरुले अब निर्माणको काममा सरकारले सहयोग गर्नुपर्ने बताउँछन् । तर धुर्मुससंग पनि निर्माणमा लागेको १६ करोड ऋण कसले तिर्ने भन्ने प्रश्नको उत्तर छैन ।

परियोजनामा आस्था राख्ने, सहयोगी मन, सरकार सबै मिलेर नै अगाडि बढ्ला भन्ने लाग्छु, धुर्मुसले भने, ुयो चरणमा पुगेपछि पक्कै राज्यको पनि दायित्व हुन्छ । हामी त्यसको आशामा छौँ उनले भने ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल अहिलेसम्मको आर्थिक जिम्मेवारी आफूहरूको नरहेको बताउँछिन् । महानगरपालिकाले जग्गा उपलब्ध गराउने तथा कामको व्यवस्थापन र सहजीकरण गरिदिने मात्रै जिम्मेवारी लिएको दाहालले सुनाइन् । रंगशाला महानगरपालिकाको गौरवको योजना भएकाले यसलाई सकेसम्म पूरा गर्ने दाहालले आश्वासन दिइन् । सबैको पहलबाट रंगशालालाई अलपत्र भने हुन दिने छैनौँ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता