Logo

सधै म आफ्नो काममा नै ब्यस्त हुन्थे राजले के गरिरहेका थिए मलाई थाहै भएन  : शिल्पा शेट्टी



 

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत जानकारी प्राप्त गरेको भन्दै उनले प्रहरीसमक्ष के–कस्ता कुरा गरेकी थिइन् भनर जानकारी दिएको छ ।

उक्त सञ्चार माध्यमका अनुसार आफ्नो बयानमा शिल्पा शेट्टीले सन् २०१९ मा कुन्द्राले कम्पनी आर्म्सप्राइम मिडिया जोइन गरेको बताइन् । यो कम्पनी पूनम पाण्डे जस्ता ती नायिकाको उ’त्ते’ज’क भिडियो अपलोड गर्ने गर्दथ्यो । यसलाई उनीहरुले आफ्नो मर्जीले बनाउने गर्दथे ।

यस विषयमा आफूले पति कुन्द्रालाई जिज्ञासा राख्दा यो प्लेटफर्मबाट राम्रो पैसा कमाइरहेको भनेर जवाफ दिएको शिल्पाले बयान भनेकी छन्। साथै शिल्पाले आफू आफ्नै काममा व्यस्त हुने भएकाले पनि पति कुन्द्राले गरिरहेका कामबारे आफूलाई चासो र सरोकार नभएको पनि मुम्बई प्रहरीसमक्ष दिएको बयान उल्लेख गरेकी छन्।

शिल्पा शेट्टीले लण्डनमा बिग ब्रदरको सुटिङ गरिरहेका बेला साथी फारत हुसैनमार्फत् राज कुन्द्रासँग भेट भएको थियो । सन् २००९ मा उनीहरुको सम्बन्ध विवाहमा परिणत भएको थियो । त्यतिबेला देखि नै उनीहरु भारतमा बसिरहेका छन् र थुप्रै व्यवसाय गरिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता