Logo

कात्तिक २ गतेदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गर्ने



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घटस्थापनाको भोलिपल्ट अर्थात कात्तिक २ गतेदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गर्ने भएको छ ।

त्यसका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

कम्पनीले मुस्ताङबाट एक हजार च्याङ्ग्रा तथा दाङ र मकवानपुरबाट एक हजार खसीबोका ल्याएर बिक्री गर्ने तयारी गरेको छ ।

तर च्याङ्ग्रा ल्याउनका लागि भने समस्या देखिएको खनालले बताउनुभयो ।

गत वर्ष ५ सय ४० रुपैयाँ प्रतिकिलो तिरेर ल्याइएको च्याङ्ग्रा यस वर्ष मुस्ताङमै ६ सय रुपैयाँ पर्ने खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता