Logo

महङ्गीको मारले सर्वसाधारण मारमा



काठमाडौं, २५ असोज । कोरोना भाइरसको महामारीले टाट जस्तै पल्टिसकेका निम्न वर्गीय परिवार महङ्गीको मारले पिरोलिएका छन् । काठमाडौं उपत्यकालगायत शहरी भेगमा ज्यालादारी गरेर गुजारा चलाउनेहरु सबैभन्दा मारमा परेका छन् ।

बजारमा खाद्यान्न देखि तरकारीको भाउ चुलिएको छ । कालिमाटी तरकारी बजारमा रातो आलको मूल्य प्रतिकेजी ९० रुपैयाँ छ । उपभोक्ताले एक धानी आलुको तीन सय तिर्नुपर्ने अवस्था छ । प्याज प्रतिकेजी एक सय पाँच कालिमाटीको भाउ छ । खुद्रा मूल्य एक सय २० रुपैयाँ छ ।

गेडागुडीको मूल्य आकाशिएको छ । चीयापत्ती प्रतिकेजी एक सय रुपैयाँ भन्दा बढी मूल्य बढेको छ ।
उपभोक्ताले दैनिक प्रयोग गर्ने समानको मूल्य आकाशिएपछि नयाँ संकटको खतरा बढेको छ । यद्यपि सरकारले सामानको मूल्य वृद्धि नभएको दाबी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले मूल्य वृद्धि नभएको दाबी गरेका हुन् । सरकारको नियमनकारी निकाय कमजोर हुँदा कालोबजारी सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता