Logo

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढ्यो



काठमाडौँ २३ असोज। शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । यसदिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुन तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँले उकालो लागेको छ । यसदिन चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा किनबेच हुँदैछ ।

यस साता सुनचाँदीको भाउमा सामान्य घटबढ देखियो । सुनको भाउ मंगलबार सबैभन्दा उच्च रही प्रतितोला ९४ हजार ९०० रुपैयाँसम्म पुगेको थियो । बिहीबार भने साताकै सबैभन्दा कम मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने मंगलबार सबैभन्दा बढि प्रतितोला एक हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस साता चाँदीको सबैभन्दा कम मूल्य एक हजार १७५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएर प्रति अउन्स एक हजार ९१० डलरमा कारोबार भइरहेको छ । चाँदी भने प्रति अउन्स २४ डलरमा किनबेच हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता