सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय

बिहीबार सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन २ सय रुपैयाँले बढी थियो।
आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।