Logo

सुन तथा चाँदीको मूल्यमा वृद्धि



काठमाडौँ, २० असोज। मंगलबार सुन तथा चाँदीको भाउ वृद्धि भएको छ। यसदिन सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी सुनका साथै मंगलबार चाँदीको मूल्य पनि उकालो लागेको छ। यस दिन चाँदी तोलामा २० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ।

आज तोकिएको सुन र चाँदीको मूल्य पछिल्लो एक साता यताकै उच्च विन्दु हो।

अन्तरराष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य प्रति अउन्स एक हजार ९१० डलरमा कारोबार भइरहेको छ। सो बजारमा चाँदी प्रति अउन्स २४ डलरमा खरिदबिक्री हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता