Logo

एसियाडको ब्याडमिन्टन टोलीलाई ट्रयाक सुट



काठमाडौं, भदौ ६ गते । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको ब्याडमिन्टनमा सहभागी हुने नेपाली टोलीलाई बुधबार केल्मीको ट्रयाक सुट प्रदान गरिएको  छ ।

अस्ट्रेलियामा बसोवास गर्ने ब्याडमिन्टन प्रेमी मुक्ति रोका र टीका रोकाले प्रोत्साहन स्वरुप प्रायोजन गरेको ट्रयाक सुट ८ खेलाडी र २ प्रशिक्षकलाई प्रदान गरिएको ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनले जनाएका छन् । तालिम तथा प्रशिक्षण विभागका निर्देशक समेत रहेका १९ औं एसियाली खेलकुद तयारी समितिका सचिव प्रचण्ड शर्मा र नेपाल ब्याडमिन्टन संघका संयोजक रामजीबहादुर श्रेष्ठले टोलीका सदस्यलाई एक कार्यक्रमबीच ट्रयाक सुट हस्तान्तरण गरे ।

असोज ६ गतेदेखि सुरु हुने हाङझाव एसियाडमा नेपालबाट समान ४–४ पुरुष÷महिला खेलाडी सहभागी हुँदै छन् । पुरुषमा प्रिन्स दाहाल, सुनिल जोशी, विष्णु कटुवाल र जीवन आचार्य रहेका छन् । महिलामा रसिला महर्जन, निता लम्साल, अनुमाया राई र नङशल तामाङ छन् । एसियाडको ब्याडमिन्टनमा नेपालको ठूलो सफलता क्वाटरफाइनलसम्म पुग्नु रहेको मुख्य प्रशिक्षक योञ्जनले जानकारी गराए । इन्चोन र जकार्ता÷पालेम्वाङ एसियाडमा पुरुष टिम इभेन्टमा नेपालले क्वाटरफाइनल यात्रा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता