Logo

जुम्ला तल्फीका हिमपहिरो पिडितलाई राहत बितरण



जुम्ला जेठ, २४ ।
मुगुको च्यार्खु लेकको हिउँ पहिरामा परेर ज्यान गुमाएका मृतकका परिवारलाई टेवा नेपालले पाँच लाख बराबरको राहत प्रदान गरेको छ । गत वैशाख २२ गते मुगुको च्यार्खु लेकको हिमपहिरोमा परि ज्यान गुमाएका पातारासी ३ तल्फीका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको परिवारलाई ५ लाख बराबरको राहत प्रदान गरिएको महिला अधिकार केन्द्र मुगुकि अध्यक्ष सुकुमाया शाहीले बताएकि छन् ।
टेवा नेपालको आार्थिक सहयोग र महिला अधिकार केन्द्र मुगको समन्वयमा तीन जना मृतकका परिवार र १२ जना घाइतेलाई पुर्व राज्यमन्त्रि गोमा कुँवरको उपस्थितिमा लत्ता कपडा, खाद्यन्न र नगद राहत स्वरुप प्रदान गरिएको अध्यक्ष शाहीले बताइन । आज तल्फी गाउँमै पुगेर पुर्व राज्यमन्त्रि गोमा कुँवर, पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकायाको उपस्थितिमा मृतकका परिवारलाई खाद्यन्न, लत्ता कपडा र नगद हस्तान्तरण गरिएको छ ।
संकट र विपद्को बेला पिडितको घाउमा मल्हम लगाउने टेवा नेपाल र महिला अधिकार केन्द्र मुगुलाई धन्यवाद दिदै पुर्व राज्यमन्त्रिले प्राकृतिक विपद्ले समस्यामा परेका परिवारलाई दिगो व्यवश्थापनमा सबैले ध्यान दिनुपर्ने बताएकि छन् । पाटन, जँगल र लेकमा जडिबुटि संकलन गर्दा सावधानी अपनाउन समेत उनले आग्रह गरेकि छन् ।
यस्तै पातारासी गाउँपालिकाकि उपाध्यक्ष जनमाया रोकायाले कर्णालीका नागरिक मृत्युलाई चुनौती दिदै जिविका चलाउनुपर्ने बाध्यतामा रहेको बताइन । गत वैशाख २२ मा मुगुको च्यार्खु लेकको हिउँ पहिरोमा परि पातारासी २ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको थियो । यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको थियो भने अन्य सामान्य घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता