Logo

नेशनल लाईफको अभिकता भेला तथा सम्मान कार्यक्रम सम्पन्न



कन्चंनपुर,मंसिर ८ ।  नेशनल लाईफ इ्रन्स्योरेन्स कम्पनी लि.ले सुदुरपश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेकोछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उ्क्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माज्यूले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्वन्धमा प्रशिक्षण दिनु भएको थियो ।

प्रमुख कार्यकारी अधिकृतज्यूले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यवसायिक बनाउदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्ता संग सम्वन्धित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी गराउनु भयो ।

कार्यक्रममा महेन्द्रनगर शाखासंग आवद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहनु भएका करिब १७५ जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो भने सो शाखाबाट उत्कृष्ठ व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतज्यूले खादा माला र मायाको चिनोले सम्मान गर्नुभएको थियो । सम्मानित अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतज्य्बाट आफ्नो कार्यथलो महेन्द्रनगरमा नै सम्मानित हुन पाउँदा अति नै खुशी लागेको बताउनु भएको थियो ।

कार्यक्रम महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्टले संचालन गर्नुभएको थियो भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाज्यूले सहभागि अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता