Logo

८ सय बढ्यो सुनको भाउ



काठमाडौं : दुई दिन स्थिर रहेको सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाका ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ। छापावाल सुनको भाउ आइतबार ९४ हजार ७ सय रुपैयाँ रहेकामा सोमबार र मंगलबार पनि सोही भाउ कायम भएको थियो।

महासंघका अनुसार बुधबार तेजावी सुनको भाउ तोलाको ९५ हजार रुपैयाँ कायम भएको छ। मंगलबार तेजावी सुन ९४ हजार २ सयमा किनबेच भएको थियो।

बुधबार चाँदीको भाउ ३० रुपैयाँले बढेको छ। महासंघका अनुसार मंगलबार चाँदीको भाउ १ हजार २ सय १० रुपैयाँ रहेकामा बुधबार १ हजार २ सय ४० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता