अमेरिकी डलरको भाउ कति छ आज ?

काठमाडौं : बुधबार अमेरिकी डलरको भाउ केही बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । यसअघि मंगलबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १० पैसा र बिक्रीदर ११७ रुपैयाँ ७० पैसा निर्धारण भएको थियो ।