सोमबार सुन तथा चाँदीको भाउ स्थिर

काठमाडौँ, ३ कार्तिक। सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ७०० र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन आइतबार सुनयसै मूल्यमा खरिदबिक्री भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि स्थिर रही प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।
अन्तरराष्ट्रिय बजारमा सुन प्रतिअउन्स एक हजार ९०५ डलरमा कारोबार भइरहेको छ । चाँदी भने यसदिन प्रति अउन्स २४ डलरमा किनबेच हुँदैछ ।-