Logo

नेपाल – भारत अन्तराष्ट्रिय सांगीतिक तथा पुरस्कार वितरण समारोह सम्पन्न



काठमाडौं  । डी. ए. भी. शुसिल केडिया विश्व भारती विद्यालयमा भौतिक दुरी कायम गर्दै “नेपाल–भारत अन्तराष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह” मंसिर ५ गते भब्य रूपमा सम्पन्न भएको छ ।
संस्कृति भारत मुख्य आयोजक रहेको उक्त कार्यक्रममा डी. ए. भी. शुसिल केडिया विश्व भारती विद्यालय र स्वामी विवेकानन्द संस्कृति केन्द्र, भारतीय राजदुताबास, काठमाडौँ जोडिन पुगेका थिए ।
कार्यक्रमको मुख्य उद्देश्य नेपाल – भारत बीच परापुर्बकाल देखि रहेको पारस्परिक सम्बन्धलाई उजागर गर्नु र थप प्रगाढ गर्नु रहेको संस्कृति भारतले उल्लेख गरेको छ । कार्यक्रमको मुख्य आकर्षण विभिन्न सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा योगदान पुराएका व्यक्तिको सम्मान र आकर्षक नृत्य, गीत तथा गजल रहेको थियो ।
उक्त कार्यक्रममा डी.पी.एस धरानका पी. के. शङ्कर लिङगम र नेपाल–भारत मैत्री विद्यालय पोखराका मृत्युञ्जय सिंह बेस्ट प्रिन्सिपल अवार्ड बाट सम्मानित भएका छन् । त्यसैगरि डी. ए. भी. विद्यालयका रामचन्द्र खनाल बेस्ट भाइस प्रिन्सिपल अवार्डबाट सम्मानित गरिएका थिए । सोही अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान पुराएका शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो ।
त्यसैगरि बहु प्रतिष्ठित भारत गौरब सम्मान अवार्डबाट बिभुसित हुनेहरूमा डा. – रञ्जना झा, शास्त्रीय संगीत गायिका, पटना भारत, यामिनी – कथक नृत्यङ्गना पटना भारत, रजनी दुवे – भारतीय लोक नृत्यङ्गना, महाराष्ट्र भारत छन् ।

डी.ए.भी. विद्यालयका अध्यक्ष अनिल केडिया यस वर्षको नेपाल – भारत मैत्रि समाज अवार्डबाट सम्मानित भएका छन् । उक्त कार्यक्रममा प्रमुख अतिथि लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्त ठाकुर उपस्थित थिए । त्यसैगरि भारतीय राजदुताबास काठमाडौँ नेपालको प्रतिनिधित्व गर्दै नविन कुमार – प्रथम सचिव प्रेस सुचना तथा संस्कृति विभाग उपस्थित थिए । साथै पूर्वमन्त्रि अनिल कुमार झाको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा करिब ३० जना भन्दा बढी भारतीय कलाकारहरू र नेपाली समूहले नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित गन्यमान्य व्यक्तित्वहरूले नेपाल–भारत सम्बन्ध प्राकृतिक र अभिछिन्न रहेको उल्लेख गर्दै सो कार्यक्रम त्यसैको परिणाम रहेको उल्लेख गरेका थिए ।
कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न प्रथम महिला सुनिता केडिया, डी.ए.भी. प्रिन्सिपल डा. भुवनेश्वरी राव लगायत विद्यालयका शिक्षक र कर्मचारीहरूको अथक प्रयास रहेका थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता